१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनले नेपालमा भित्रायो सडक सुरक्षा प्रविधी (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२९ आश्विन २०७५, सोमबार १४:१९

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएन) ले नेपालको सडक दुर्घटना रोक्न सडक सुरक्षा प्रविधी भित्राएको छ। मुख्यतय पृथ्वी राजमार्गमा हुने ठूल्ठुला दुर्घटना रोक्न पहिलो पटक स्पीड ब्रेकर लगायतको प्रविधी नेपालमा शुरु गरिएको हो । संघको रोड सेफ्टी समितिका संयोजक थर्क प्रेम सेनका अनुसार विश्वव्यापी मान्यताका आधारमा नेपालको रोड सुरक्षाको लागि गैरआवासीय नेपाली संघले पहिलो पटक यस्तो सुरक्षा व्यवस्था नेपालमा भित्राएको हो । संघले गैरआवासीय नेपाली दिवसको अवसर पारेर पृथ्वी राजमार्गको मुख्य दुई स्थानमा गजुरी र हुक्दीखोलामा सो प्रविधी जडान गरेको छ । यसले वर्षेनी हुने दुर्घटनामा कमी आउने विश्वास गरिएको छ ।

यसअघि संघले गृहमन्त्री सहित विभिन्न सरकारी निकायहरु तथा संघसस्थासंग मिलेर नेपालमा भइरहेको भयावह सडक दुर्घटना रोक्ने पहलका लागि वृहत अन्तरक्रिर्या समेत आयोजना गरेको थियो ।