६ चैत्र २०८०, मंगलवार
Follow Us

नटिंघममा दशैं धुमधाम

नेपालब्रिटेन डट कम्
३१ आश्विन २०७५, बुधबार १४:२०

लण्डन । नटिंघममा बस्ने नेपाली समुदायले एक भव्य कार्यक्रमको आयोजना गरेर दशैं मनाएका छन । नेपाली समाज नटिंघम इष्ट मिड्ल्याण्ड युकेको आयोजनामा सोमवार महानचाड वडा दशैं तथा दिपावलीको शुभ अवसर पारेर भव्य कार्यक्रम सम्पन्न भएको हो ।

दशै तिहार शुभकामना सॉझ २०७५ कार्यक्रममा आवासिय नेपाली संघ वेलायतका अध्यक्ष योग कुमार फगामी को प्रमुखआतिथ्यमा भएको थियो ।

विशेष अतिथिको रुपमा नटिंघम सिटी काउन्सिलका काउन्सिल शेरिफ क्याथरिन आर्नोल्डको उपस्थिती थियो । नेपाली समाज नटिंघमका अध्यक्ष गोविन्द खरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा वेलायतका लागि नेपाली राजदुत डा. दुर्गा वहादुर क्षेत्रीको शुभकामना सन्देश पढेर सुनाएको थियो ।

इष्ट मिड्ण्याण्ड भित्र रहेका सवै नेपाली संघ संस्थालाई निमन्त्रणा गरिएको उक्त कार्यक्रममा अधिकांस संघसँस्थाको प्रतिनिधित्व रहेको थियो।एनआरएनए युके, शान्ती नेपाली समाज वेलायत, सृजनशिल नेपाली समाज लेष्टर,पिटरवोरो नेपाली समाज,नेपाली समाज ओल्भर्याम्टन,हाम्रो नेपाली समाज,साझा नेपाली समाज समेतको प्रतिनिधीहरुको उपस्थिती रहेकोथियो ।


कार्यक्रममा प्रमुख अतिथी गैर आवासिय नेपाली संघ वेलायतका अध्यक्ष योग कुमार फगामीलाई नटिंघम नौमती वाजा समुह को टोली सहित एनआरएनए युकेका सचिव तथा नेपाली समाज नटिंघमका भुतपुर्व अध्यक्ष तारा नाथ भण्डारी, नेपाली समाज नटिंघमका वर्तमान अध्यक्ष गोविन्द खरेल , सो संस्थाका संस्थापक अध्यक्ष रण व के सी, भुतपुर्व अध्यक्ष विष्णु चालिसे, निवर्तमान अध्यक्ष प्रविण पाण्डे लगायतको टोलीले उच्च सम्मानका साथ स्वागत गरेको थियो।

उपस्थित सवैलाई स्वागत गर्दै संस्थाकी उपाध्यक्ष श्रीमती गिता भट्टराईले स्वागत मन्तव्य दिएकी थिइन् । गैरआवासीय नेपाली संघका सचिव तथा संस्थाका भुतपुर्व अध्यक्ष तारानाथ भण्डारी, संस्थापक अध्यक्ष रब वहादुर के सी , भुतपुर्व अध्यक्ष विष्णु चालिसे, निवर्तमान अध्यक्ष प्रविण पाण्डेले शुभकामना मन्तव्य दिएका थिए ।

औपचारीक कार्यक्रमको संचालन समाजका सचिव रविन्द्र शर्माले गरेका थिए भने ,अनौपचारीक तथा साँस्कृतिक कार्यक्रमको संचालन कार्यसमिती सदस्य श्रीमती कल्पना गुरुङ र डि जे लक्ष्मण भण्डारीले गरेका थिए।
कार्यक्रममा करिव ३५० भन्दा बढीको उपस्थिती रहेको थियो।