१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन अमेरिकाका संयोजक जोशीद्धारा मन्दिरलाई ४० लाख सहयोग

नेपालब्रिटेन डट कम्
१ कार्तिक २०७५, बिहीबार ०६:४०

रवि रोषी । गैरआवासीय नेपाली संघ अमेरिका संयोजक गौरी जोशीले चितवनको एक मन्दिरलाई ४० लाख सहयोग गरेका छन् । जोशीले स्थानिय गायत्री हरिहर मन्दिरलाई ४० लाख सहयोग गरेका हुन् ।

यसै बीच हरिहर मन्दिर संरक्षण समितिले जोशीलाई एक समारोहको आयोजना गरेर सम्मान गरेको छ ।

सोही अवसरमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितीका पूर्व अध्यक्ष जीवा लामिछानेले मन्दिर व्यवस्थापन तथा गुरुकुल विद्यालयका लागि १ लाख सहयोग रकम हस्तान्तरण गरे।
निर्माण सम्पन्न सो गुरुकुल विद्यालयमा हाल ५० जना बटुकहरुले वासस्थान सहितको बैदिक शिक्षा प्राप्त गरीरहेका छन् । पौराणिक काल देखि चलिआएको गूरुकुल परम्परालाई निरन्तरता दिन योगदान दिनुहुने जोशीलाई पूर्व अध्यक्ष जीवा लामीछानेले हार्दिक धन्यवाद दिए।
गायत्री हरिहर मन्दिर संरक्षण समितीका अध्यक्षको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितीका पूर्व अध्यक्ष जीवा लामिछाने, नेपाल सरकारका पूर्वमन्त्री, नेकपाका केन्द्रिय सदस्य कृष्ण खनाल, चितवन क्षेत्र नं १ का सांसद कन्चन खनाल, रत्ननगर नगरपालिकाको मेयर नारायण वन, उपमेयर विमला दुवाडी, डा. ढुण्डी पौडेल, डा. कृष्ण पौडेल, श्रीराम बैदिक संस्कृत गुरुकुलम जयमंगलाका अध्यक्ष भेषराज दुवाडी लगायतको उपस्थिती थियो ।