७ बैशाख २०८१, शुक्रबार
Follow Us

अख्तियार प्रमुख कार्की आज क्यानडा जाँदै

नेपालब्रिटेन डट कम्
३ आश्विन २०७३, सोमबार ०६:४४

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख आयुक्त लोकमान सिंह कार्की एक कार्यक्रममा भाग लिन आज क्यानाडामा जान लागेका छन् ।
अख्तियार प्रवक्ता गणेश कार्कीका अनुसार उनी त्यहाँ जाने कार्यक्रम १५ दिन अघिनै मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको थियो। विहिबार हुने कायक्रमका लागी कार्की आज क्यानडा जान लागेका हुन् । अख्तियार प्रवक्ता कार्कीले भने देशका अख्तियार जस्तै संस्थाहरुको सहभागिता हुने कार्यक्रम हो।
कार्कीका अनुसार क्यानाडाको राजधानी अटवामा चार दिनको कार्यक्रम हुनेछ। त्यसपछि उनी निजी भ्रमणमा हुनेछन् ।’ जानै तीन दिन लाग्ला कार्यक्रम चार दिनको छ र त्यसपछि उहाँ केही दिन निजी भ्रमण छ,’उनले भने।सर्वोच्च अदालतले उनको नियुक्तिको मुद्दा पुनरावलोकन गर्ने भएका बेला उनको विदेश भ्रमणलाई चासोपूर्वक हेरिएको छ।