१४ बैशाख २०८१, शुक्रबार
Follow Us

युगान्डामा नेपालीले यसरी मनाए दशैं

नेपालब्रिटेन डट कम्
४ कार्तिक २०७५, आईतवार ०८:४४

युगान्डा। कार्तिक दुई गते तदनुसार १९ अक्टोबर २०१८ बिजयादशमी को अवशर पारी अफ्रिकी मुलुक युगान्डामा दशै बिशेष भेटघाट तथा टीका ग्रहण कार्यक्रम सम्पन्न भएको छ।

गैर आवासीय नेपाली संघ, युगान्डा आयोजित उक्त दशै बिशेष कार्यक्रममा संघका उपाध्यक्ष बिनोद थापाको सभापतित्व रहेको थियो भने ४३ जनाको सहभागिता रहेको थियो। राष्ट्रिय गानबाट शुरु भएको सो कार्यक्रममा सशक्त महिला श्रीमती बर्षा आचार्य ज्युले स्वागत मन्तव्य दिदै कार्यक्रमका बिशेष आकर्षण प्रमुख अतिथि पुर्बी अफ्रीकाकै धनाड्य रुपालिया ग्रुपका ब्यापारी डा. सुधिर रुपार्लियालाई आशन ग्रहण गराएका थिए।

कार्यक्रममा मन्तव्य दिदै आफू नेपाल र नेपालिहरुलाइ अत्यन्तै माया गर्ने ब्यक्ति भएको जिक्र गर्दै ४ पटकको नेपाल भ्रमणमा आफुलाइ त्यहाँका हिमश्रीन्खला पशुपति दर्शन पोखराको मनमोहक रमणीय दृश्यले विशेष आकर्षण गरेको र भबिश्यमा फेरि फेरि पनि नेपाल भ्रमणको चाहना रहेको व्यक्त गरे। मन्तव्य दिने क्रममा आफू नेपालि लोकगीतको फ्यान भएको र गाडिमा सवार भैरहदा नेपाली लोक गीत सुन्ने कुरा सम्म छुटाउनु भएन। हाल रुपार्लिया ग्रुपमा सत्तरिको हाराहारिमा नेपाली कार्यरत छन्।

प्रमुख अतिथीको हैसियतमा संघका पूर्व अध्यक्ष रमेश कंडेलबाट टीका ग्रहण गर्दै नेपाली संस्कृति लाई ग्रहण गर्न पाउनु निकै भाग्यशाली ठानेको भन्दै डा. रुपार्लियाले जेष्ठ नागरिक पनि भएको हैसियतमा सम्पूर्ण नेपालीलाई टीका लगाइदिएका थिए।

यश कार्यक्रमलाई सफल पार्न संघका उपाध्यक्ष बिनोद थापा, कोशाध्यक्ष मन्जुल पाठक, युवा संयोजक तेजेन्द्र बिवश, संस्थापक सदश्य कल्पना अर्याल, महिला संयोजक तारा गिरि लगायतको विशेष योगदान रह्यो।

कोलोलो कम्पालामा अवस्थित ए ए आर लन्ज गार्डन एन्ड रेस्टुरेन्टमा भएको उक्त कार्यक्रम समग्रमा अत्यन्तै भब्य र सभ्य रुपमा सफल भएको बुझिएको छ।