१४ बैशाख २०८१, शुक्रबार
Follow Us

शान्तिबाटिकामा भिडन्तको खतरा

नेपालब्रिटेन डट कम्
३ आश्विन २०७३, सोमबार ०६:४८

काठमाडौं– रत्नपार्कको शान्तिबाटिकामा नेकपा एमाले र संघीय समाजवादी फोरमबीच भिडन्तको खतरा बढेर गएको छ । दुवैको कार्यक्रम स्थल एउटै भएकाले भिडन्तको सम्भावना बढेको हो ।
अपरान्ह १ बजे शान्तिबाटिकामा एमालेले संविधान दिवसको अवसरमा खुशियाली मनाउने कार्यक्रम आयोजना गरेको छ । त्यही ठाउँमा २ बजे संघीय गठबन्धनले त्यही संविधानको विरोधमा कालो झन्डा देखाउने कार्यक्रम आयोजना गरेको छ । संघीय गठबन्धनको उक्त कार्यक्रमलाई रोक्न पनि एमाले कार्यकर्ताले आफ्नो कार्यक्रम ढिलो गर्ने र शान्ति बाटिका साँझसम्म हडप्ने तयारी गरेको बुझिएको छ । मधेशी दलप्रति एमाले अनुदार पार्टी मानिन्छ ।
यता संघीय समाजवादी गठबन्धनले भने २ बजेपछि आफ्नो कार्यक्रम अघि बढाउने तयारी गरिरहेको छ । मधेशी मोर्चाको माइती घरमा आयोजना हुने विरोध कार्यक्रम भन्दा अझ सशक्त बनाउन संघीय गठबन्धन लागिपरेको छ ।
शान्ति बाटिकामा भिड्न्त हुने सम्भावनालाई मध्यनजर गर्दै काठमाडौं जिल्ला प्रशासनले सजकता अपनाएको बताइएको छ ।