१५ चैत्र २०८०, बिहीबार
Follow Us

‘अल्डरशटमा ‘छक्का पन्जा ३’ को पहिलो शोमै हल खचाखच’

नेपालब्रिटेन डट कम्
४ कार्तिक २०७५, आईतवार १४:५५

लण्डन- दिपाश्री निरौलाद्धारा निर्देशित ‘छक्का पन्जा ३’ बेलायतमा प्रर्दशन भएको पहिलो शोलाई दर्शकहरुले निकै रुचाएका छन्। शनिवार अल्डरशटस्थित प्रिन्सेस हलमा चलचित्र हेर्न आउनेहरुको बाक्लो उपस्थिती थियो। वितरक नेपाली इन्टरटेन्टमेन्ट युकेका विरेन खडकाका अनुसार पहिलो शोमा ७ हजार ८ सय पाउण्ड (११ लाख भन्दा बढी) संकलन भएको छ। चलचित्र हेर्न वेलायतका लागि नेपाली राजदूत डा. दुर्गा वहादुर सुवेदी समेत अल्डरशटमा पुगेका थिए। बेलायतका विभिन्न शहरबाट दर्शकहरु सो चलचित्र हेर्न प्रिन्सेस हल पुगेका थिए।

चलचित्र प्रर्दशनीको शुरुवात गर्दे वेलायतका लागि नेपाली राजदूत सुवेदीेले नेपाल चलचित्र, कला, संस्कृति, चाडपर्व, परम्परालाई माया गर्दै विदेशमा नेपाली भएर बाच्न र हाँस्न पाउनु वातावरण सृजना गर्न आग्रह गरे। उनले ‘छक्का पन्जा ३’ चलचित्रले बेलायतको सबै शहरमा सफलताको लागि शुभकामना दिए। उनले ‘छक्का पन्जा ३’ को सफलता पछि ‘छक्का पन्जा ४ बनाउन चलचित्र निर्माताहरुलाई आग्रह समेत गरे।

चलचित्रलाई नेपाली इन्टरटेन्टमेन्ट युकेका अनिल मल्ल, विरेन खड्का, तर्क र्गर्जुजा, गेरे गुरुगं लगायतको युवा समुहको सक्रियतामा बेलायतमा प्रर्दशनको गरिएको हो ।

चलचित्र हेर्न लण्डन देखी अल्डरशट पुगेका गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्य रामशरण सिमखडाले ‘छक्का पन्जा ३’ सन्देश मुलक चलचित्र भएको प्रतिक्रिया दिए। उनले भने, करिब तिन घण्टा वितेको पत्तै भएन भरपुर मनोरंजन लिएर फर्कियो। ‘चलचित्रले सरकारी स्कुल भित्र हुने राजनीतिक बारे स्पष्ट वोलेको छ अरु केहीमा सुधार गर्न नसके पनि चलचित्रको कथाले भने जस्तै शिक्षा क्षेत्रमा सुधार हुन सके शिक्षाले ठूलो फड्को मार्ने छ।

‘चलचित्र ‘छक्का पन्जा ३’ ‘पहिलो नम्बरमा’ बोलको गीत निकै चर्चा बटुल्न सफल भएको थियो। चलचित्रमा मुख्य कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दिपिका प्रसाई, प्रियंका कार्की, वुद्दि तामाङ, दीपक शर्मा छन्। साथमा, चलचित्रमा विशेष भूमिकामा रहेका नायिकाद्धय स्वस्तिमा खड्का र बर्षा राउत रहेका छन्। चलचित्रको छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन्।