१३ बैशाख २०८१, बिहीबार
Follow Us

गौतम र गुरुङ बेल्जियम कांग्रेसबाट ४ वर्षको लागि बर्खास्त

नेपालब्रिटेन डट कम्
६ कार्तिक २०७५, मंगलवार १५:४८

लण्डन । नेपाली जनसम्पर्क समिति बेल्जियमको विवादले चर्को रुप लिएको छ । समितिकी सभापति सीता सापकोटाले आज एक विज्ञप्ति जारी गर्दै वर्तमान महामन्त्रि शुभाष गुरुङ र पूर्वसभापति गंगाधार गौतमलाई समितिको साधारण सदस्य समेत नरहने गरि ४ वर्षको लागि बर्खास्त गरे पछि विवाद बढेको हो । गुरुङ र गौतमले पार्टी अनुशासन तोडेर पटक पटक सचेत गराउदा समेत नसुर्धे पछि कार्यवाही गरिएको वताएको छ । यसअघि गुरुङको सभापतित्वमा नेपाली जनसम्पर्क समिति बेल्जियमको छुट्टै समिति घोषणा गरिएको थियो ।

सापकोटाद्धारा जारी विज्ञप्तिको पूर्ण पाठ

नेपाली जनसम्पर्क समिति बेल्जियमका महामन्त्री श्री सुवास गुरूँगबाट सामाजिक सँजाल र विभिन्न मिडियाबाट संप्रेसित खवरहरूबाट यो समितिको गम्भीर ध्यानाकर्षण भएको छ । सम्पूर्ण कार्यसमिति एक ढिक्का भएर सर्वसम्मतले यस समितिको गत बैठकले गरेको निर्णय अनुसार
१. सँगठनको हीत विपरित काम गरेकोमा विभिन्न पटक सचेत गराइएको,कार्वाही गरिएको र सुध्रिने वाचा गरे पछि फिर्ता गरिएको भए पनि उहाँमा कुनै पनि सुधार नदेखिएको र सँगठनका सबै गतिविधीमा असहयोग रहँदै आएकोमा पार्टीका वरिष्ठ नेताको युरोप भमणलाइ नकारात्मक प्रचार गरेकोले पूर्व अध्यक्ष श्री गँगाधर गोतम र
२. महामन्त्री श्री सुवाश गुरूङले समितिलाइ शुरूदेखि नै असहयोग गर्नुका साथै पूर्व अध्यक्ष श्री गौतमका हरेक गल्तीहरूमा सँगठनको महामन्त्रीको अधिकारको दुपयोग गर्नु भएकोले सँगठनको विधान बमोजिम प्रयाप्त समयावधि दिएर स्पष्टिकरण सोधिएकोमा तोकिएको समयविन्दुमा स्पष्टीकरण दिनुको सट्ट उल्टै कथित समानान्तर समिति घोषणा गर्नु भएको हुनाले उहाहरू दुबै जनालाई वर्तमान सबै पदाधिकारबाट वर्खास्त गर्दै समितिको विधानको भाग ५ धारा २२ को उपधारा २ अनुसार आगामी ४ वर्षको लागि नेपाली जनसमपर्क समितिको साधारण सदस्यबाट निषकासन गरिएको छ ।
३. यस कार्य समितिका कुनै पनि कार्यसमिति सदस्य कथित समानान्तर समितिमा नरहेको जानकारी गराउँदै अनावस्यक भ्रममा नपर्नुहुन सबैमा अनुरोध गरिन्छ । जयनेपाल ।

सीता सापकोटा
सभापति तथा
नेपाली जनसम्पर्क समिति परिवार बेल्जियम