८ बैशाख २०८१, शनिबार
Follow Us

उपेन्द्र शान्तिबाटिकामा, राजेन्द्र माइतीघरमा

नेपालब्रिटेन डट कम्
३ आश्विन २०७३, सोमबार ०६:५२

काठमाडौं– असोज ३ गतेलाई कालो दिनका रुपमा मनाउने मधेशी मोर्चाहरु दुई ठाउँमा भेला भएका छन् । उनीहरु विरोधलाई व्यापक बनाउने दुई ठाउँमा भेला भएका भने होइनन । आपसमा विभाजित भएर दुई ठाउँमा कार्यक्रम आयोजना भएको हो । रत्नपार्कको शान्ति बाटिकामा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले नेतृत्व गरेको संघीय गठबन्दनले दिउँसो २ बजे विरोध कार्यक्रम आयोजना गर्दैछ ।
यसैगरी संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले माइतीघरमा विरोध कार्यक्रम आयोजना गरेको छ । दुवैले एउटै समय पारेर विरोध कार्यक्रम आयोजना गरेका हुन् । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष राजकिशोर यादव र नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा मोर्चामा समाहित भएर विरोध कार्यक्रममा सहभागी हुँदैछन् ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शदरसिंह भण्डारी, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवलगायत २५ वटा राजनीतिक दलहरुले भने रत्नपार्कको शान्ति बाटिकामा विरोध कार्यक्रम आयोजना गर्दैछन् ।
सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्णको संयोजकत्वमा संविधान संशोधन कार्यदल बनेपछि तराई केन्द्रित दलहरु विभाजित बनेका हुन् ।