११ बैशाख २०८१, मंगलवार
Follow Us

कतार बिरुद्ध गीतिनाटक प्रर्दशनको अभियोगमा एनआरएका मध्यपूर्व संयोजक आरके शर्मा सहित ५ जना पक्राउ

नेपालब्रिटेन डट कम्
६ कार्तिक २०७५, मंगलवार १९:५३

लण्डन । कतार प्रहरीले गैरआवासीय नेपाली संघका मध्यपूर्व संयोजक आरके शर्मालाई पक्राउ गरेको छ । गैरआवासीय नेपाली संघ स्रोतका अनुसार शर्मालाई कतार विरुद्धमा सामाजिक गतिविधी संचालन गरेको अभियोगमा उनी सहित ४ जना स्थानिय कलाकारलाई मंगलवार पक्राउ गरेको हो ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आयोजनामा ५ अक्टोवर त्यहाँ आयोजित विजया दशमी तथा दिपावलीको शुभकामना आदान कार्यक्रममा कतार सरकारले नेपाली कामदार माथि गरेको थिचोमिचोका वारेमा गीतिनाटक प्रर्दशन गरिएको थियो । कतारी पोशाकमा प्रस्तुत सो गीतिनाटक स्थानिय कलाकारको सहयोगमा प्रर्दशन गरिएको थियो । कार्यक्रममा बद्री पंगेनी, रोजी बस्नेत लगायतले प्रस्तुती दिएका थिए ।

सो कार्यक्रमको प्रमुख अतिथीको रुपमा त्यहाँ पुगेका शर्मा लगायत स्थानिय कलाकारलाई स्थानिय प्रहरीले निगरानीमा राखेको थियो ।

पिगोन इन्जिनियरिङ कम्पनीका सञ्चालक समेत रहेका शर्माले मंगलवार दिउसो दिउँसो आफ्नी श्रीमतिलाई घट्नाको वारेमा जानकारी दिएको एनआरएन स्रोतले जनायो । स्रोतका अनुसार शर्मालाई वुधवार रिहा गर्ने तयारी प्रहरीले गरेको वताएको छ ।

यसअघि शर्मामाथि कतार प्रहरीले सुन काण्डमा अनुसन्धानको लागि नियन्त्रणमा लिएको कपोकल्पीत समाचार बाहिर आएका थिए ।