८ बैशाख २०८१, शनिबार
Follow Us

शान्ति नेपाली समाज बेलायतको दशैं भव्य (फोटो फिचर )

नेपालब्रिटेन डट कम्
६ कार्तिक २०७५, मंगलवार २१:०३

लन्डन । वर्मिङ्घम बस्ने नेपाली समुदायले एक भव्य कार्यक्रमको आयोजना गरेर दशैं मनाएका छन । शान्ति नेपाली समाज बेलायतको आयोजनामा सोमवार वडा दशैं तथा दिपावलीको शुभ अवसर पारेर भव्य कार्यक्रम सम्पन्न भएको हो ।


दशैं तिहार शुभकामना सॉझ २०७५ कार्यक्रममा नेपालबाट पारिवारिक भेटघाट मा आउनु भएका जेष्ट नागरिक घनश्याम घिमिरेको प्रमुखआतिथ्यमा भएको उक्त कार्यक्रमको बिशेष अथिति प्रसान्त ढकाल थिए । शान्ति नेपाली समाज बेलायत अध्यक्ष लिला बहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा वेस्ट मिडल्याण्ड रहेका सवै नेपाली संघ संस्थालाई निमन्त्रणा गरिएको थियो ।

उक्त कार्यक्रममा अधिकांस संघसँस्थाको प्रतिनिधि हरु को उपस्थिति रहेको थियो। एनआरएनए अभियन्ता कृष्ण तिमिल्सेना, एनआरएनए युकेका सचिब तारा भण्डारी, सृजनशिल नेपाली समाज लेष्टर, पिटरवोरो नेपाली समाज, गोल्कट समाज बेलायत, साझा नेपाली समाज लगायतको संघसँस्थाहरुका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

संस्थाकी उपाध्यक्ष श्रीमती जयन्ति थापाले स्वागत मन्तव्य दिएकी थिइन् । उक्त कार्यक्रममा लोकप्रिय कलाकार मनसुदन थापा लोकप्रिय गायिका कला लम्साल र सुशिला गौतमले आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए ।

औपचारीक कार्यक्रमको संचालन समाजका सचिव प्रबिण खराल ले गरेका थिए भने साँस्कृतिक कार्यक्रमको संचालन बिनोद थापाले गरेका थिए । कार्यक्रममा करिव ४ यस भन्दा बढीको उपस्थिती रहेको थियो।


भक्त खत्री, महेन्द्र भुसाल , टेक मान सिंजाली कारण खत्री , टिका सहानी , पूर्ण लाल सापकोटा , टिका भण्डारी , तुलक रेग्मी लगायतको सक्रियतामा खानको व्यवस्थापन गरिएको थियो।