७ बैशाख २०८१, शुक्रबार
Follow Us

यती नेपाली एसोसिएसन यूकेको अधिवेशन ९ डिसेम्वरमा

नेपालब्रिटेन डट कम्
६ कार्तिक २०७५, मंगलवार २१:३२

लन्डन । युरोपकै सबैभन्दा पुरानो संस्था ‘यती नेपाली एसोसिएसन यूके’ को अधिवेशन आगामी ९ डिसेम्वर २०१८ मा हुने भएको छ । लन्डन साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा अधिवेशन हुने भएको महासचिव बाचस्पति रेग्मीले जनाए ।

अधिवेशनका लागि गैर आवासीय नेपाली संघ बेलायतका महासचिव राजकुमार त्रिपाठीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । नयां कार्यसमिति चयनका लागि एक सदस्यमा सिद्धार्थबिक्रम क्षेत्री र अर्को सदस्य संयोजक त्रिपाठीले नै मनोनित गर्ने गरी अधिकार प्रत्यायोजन गरिएको जनाइएको छ ।

निर्वाचन समितिले निकट भविष्यमै कार्यसमितिसंग छलफल गरी निर्वाचन कार्यतालिका प्रकाशित गर्ने निर्वाचन संयोजक आरके त्रिपाठीले बताए ।

यसैबीच, यतीले १७ नोभेम्वर २०१८ शनिबार एक च्यारिटी 
गर्ने तयारी गरेको छ । उक्त कार्यक्रममा नेपालका पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल प्रमुख अतिथी र बेलायतका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुवेदी विशेष अतिथी हुनेछन् ।

च्यारिटी सफल बनाउन यती नेपाली एसोसिएसन यूकेका तर्फबाट पूर्व अध्यक्ष उमेशराज मोक्तानको संयोजकत्वमा ध्रुव केसी, योगकुमार फगामी, राजकुमार त्रिपाठी, चित्रबहादुर गुरुङ, राजु थापा, सिद्धार्थ बिक्रम क्षेत्री, शशीधर नेपाल, बाचस्पति रेग्मी र आरती श्रेष्ठ सम्मिलित एक तयारी समिति गठन गरिएको छ ।