१५ बैशाख २०८१, शनिबार
Follow Us

हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्डको दशैं (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
७ कार्तिक २०७५, बुधबार २०:३९

लण्डन । हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्डले दशैं कार्यक्रम भव्य रुपमा मनाएको छ । दशैं तथा तिहारको शुभअवसर पारेर सोमवार आयोजित शुभकामना आदान प्रदान कार्यक्रमको प्रमुख अतिथि वेलायतका लागि नेपाली राजदूत डा. दुर्गा वहादुर सुवेदी थिए । कार्यक्रमको उद्धघाटन प्रमुख अतिथि डा. सुवेदी, संस्थाका अध्यक्ष शिव खरेल र स्थानिय मियर फिलिप पेजले संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रममा साझा नेपाली समाजका अध्यक्ष महेश अधिकारी, पिटरवरो नेपाली समाजका पूर्वअध्यक्ष केशव भण्डारी, नोटिंघम नेपाली समाजका अध्यक्ष गोविन्द खरेल, एनआरएन युकेका सहसचिव तारा भण्डारी, समाजसेवी दयानिधी सापकोटा, संस्थाका संस्थापक अध्यक्ष गंगाधर गौतम, निर्वतमान अध्यक्ष मिलन सापकोटा, पूर्वअध्यक्ष कृष्ण शर्मा, बचत तथा ऋण सहकारीका अध्यक्ष गुरु भण्डारी, काउन्सिलर आशा मोट्टु लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा संस्था उपाध्यक्ष गोमा पौडलले स्वागत मन्तव्य दिएकी थिइन् । कार्यक्रममा दोहोरी तथा लोक गायिका सरिता गुरुङ लगायत स्थानिय कलाकारहरु प्रिया, इभा, छोइना, रिता, सुनिता, सितल, सिम्रन, कुसुम, सुजना लगायतले प्रस्तुती दिएका थिए ।

कार्यक्रमलाई सफल पार्न नगेन्द्र खड्का, भिम शर्मा, इन्द्र रिजाल, रिमा सापकोटा लगायतले महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए। कार्यक्रममा गल्कोट नेपाली समाजका उपाध्यक्ष तिलक रेग्मी, समाजसेवी कृष्ण तिमिल्सीना, भुपेन्द्र पाठक, शान्ति समाज युकेका निर्वतमान अध्यक्ष कृष्ण ढकाल लगायतको उपस्थिती थियो ।
३ सय जनाको उपस्थिती रहेको कार्यक्रमको संचालन संस्थामा महासचिव डा. कृष्ण सापकोटा, डा. हेमराज सापकोटाले संयुक्त रुपमा गरेका थिए ।