१३ बैशाख २०८१, बिहीबार
Follow Us

दशैंको अवसरमा बेलायत कांग्रेसले चियापान राख्ने

नेपालब्रिटेन डट कम्
३ आश्विन २०७३, सोमबार ०७:४३

लन्डन । विजयादशमी, दीपावली तथा छठको शुभअवसरमा बेलायतस्थित नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समितिले चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ । जनसम्पर्क समिति बेलायतका उपाध्यक्ष युवराज गुरुङका अनुसार आगामी अक्टोवर २ तारिखमा उक्त कार्यक्रमको आयोजना हुन लागेको हो ।

अल्डरशटस्थित भेटघाट नेपाली रेष्टुरेन्टमा दिउँसो आयोजना हुने सो कार्यक्रममा उपस्थित हुन बेलायतस्थित नेपाली समूदायलाई समितिले आग्रह गरेको छ । सोही अवसरमा बेलायत भ्रमणमा रहेकी नेपाली कांग्रेस ताप्लेजुङ जिल्ला सभापति लिला बोक्हिमसँग अन्तरक्रिया गर्ने कार्यक्रमतय गरिएको छ ।

प्रवासमा रहेका नेपाली काँग्रेसका नेता बिपी कोइराला र गणेशमान सिंह राष्ट्रिय मेलमिलापको नीति लिएर २०३३ साल पुस १६ गते स्वदेश फर्केपछि मेलमिलाप, सहमति र सहकार्यबाटै प्रजातन्त्रको सुदृढीकरण हुन्छ भन्ने मान्यताका साथ २०३५ सालदेखि कांग्रेसले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्दै आएको छ ।

माउपार्टीको अनुसरण गर्दै विदेशस्थित बिभिन्न जनसम्पर्क समितिहरुले समेत चियापानको आयोजना गर्दै आएका छन् ।