११ बैशाख २०८१, मंगलवार
Follow Us

भूपू गोर्खाका सन्तानको डिएनए परिक्षण गरिएकोमा वेलायती गृहमन्त्रिद्धारा क्षमायाचना

नेपालब्रिटेन डट कम्
८ कार्तिक २०७५, बिहीबार १३:२३

लण्डन । भूपू गोर्खाका सन्तानलाई वेलायतमा स्थाई बसोवास गर्ने अधिकार सहितको भिषा दिने प्रकृयामा डिएनए परिक्षण गरिएकोमा वेलायती गृहमन्त्रि सजिड जावेडले क्षमायाचना गरेका छन् ।

उनले विहीवार वेलायती संसद हाउस अफ कमनलाई सम्वोधन गर्दै अफगानी नागरिक सहित १ सय ३० जनालाई गलत तरिकाले त्यस्तो डिएनए परिक्षण गरिएको वताए । उनले त्यस्तो सरकारी नीति गलत भएको भन्दै सो नीतिमा माथि पुर्नरविचार गर्ने निर्देशन दिइएको जनाए । उनले भने ‘अस्पष्ट र गलत निर्देशिकाले गर्दा ५० भन्दा बढी भूपू गोर्खाको परिवारको डिएनए परिक्षण भएकोमा क्षमायाचना गर्दछु’ । उनले भने ‘हाम्रो अध्यायगमन नीतिले कसैलाई पनि वाध्यत्मक रुपमा डिएनए परिक्षण गराएर सजाय दिनु उचित होइन् ।’