१६ चैत्र २०८०, शुक्रबार
Follow Us

पौंठेजोरी खेलेर भूपू गोर्खाको वार्ता सफल हुँदैन राजदूत डा. सुवेदी (भिडियो)

नेपालब्रिटेन डट कम्
८ कार्तिक २०७५, बिहीबार २०:२४

लण्डन । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले भूपूगोर्खाहरुले पुनः आन्दोलनको घोषणा गरे बेलायत सरकारसंग भैरहेको वार्ता बिथोलिने चेतावनी दिएका छन् ।

डा. सुवेदीले बुधवार गोर्खा सत्याग्रह समितिको पाँचौ स्थापना दिवसको अवसरमा अल्डरशटमा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै दुई देशबीच सम्वादको बाटो लामो र घुमाउरो हुने बताउँदै वार्ताको माध्यमबाट ठोस र सार्थक निस्कर्षमा पुग्ने विश्वास आफ्नो रहेको बताए ।

उनले संघर्ष, अनसन र हडतालका मिति र तिथिको कुरा गर्दा वार्ता र सम्वादको ढोका बन्द हुने जनाए ।

उनले वार्ताको माध्यमबाट सकरात्मक निस्कर्ष निस्कने दावी गर्दै भने, “केही गिभ एण्ड टेक हुन्छ, केही मागहरु थपिन्छन, केही छोडिन्छन् तर हामी सकरात्मक र ठोस निर्कषमा पुग्छौं ।“

उनले भूपूगोर्खाहरुको माग अब दुई देश बीचको अजेण्डा भएको बताए ।

कार्यक्रममा गोर्खा अभियन्ताहरुले आआफ्नो भनाई राख्दै वार्ता प्रकृयामा ढिलाई भएको भन्दै आन्दोलनमा जाने विचार राखेका थिए ।