७ बैशाख २०८१, शुक्रबार
Follow Us

बर्खास्त प्रहरी अधिकृतलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्छ : डा. भट्टराई

नेपालब्रिटेन संवाददाता
९ कार्तिक २०७५, शुक्रबार ०७:३५

काठमाडौं । पुर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा बर्खास्त प्रहरी अधिकृतलाई पक्राउ गर्नुपर्ने माग गरेका छन् । सरकारले बर्खास्त गरेका एसपी दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई पक्राउ गरेर अनुसन्धान गर्न भट्टराईले माग गरेका हुन् ।

भट्टराईले सामाजिक सञ्जाल ट्विटर र फेसवुकमा विरालो बाँधेर श्राद्ध गरेझैं केही महिना लगाए प्रहरी बर्खास्त गर्दैमा राज्यको दायित्व पूरा नहुने उल्लेख गरेका हुन । अपराधी पत्ता लगाउन राज्यलाई निरन्तर दवाव दिनुपर्ने उनको भनाई छ ।

पूर्व प्रधानमन्त्री भट्टराईले प्रहरीलाई भविष्यमा अयोग्य नठहरिने गरी बर्खास्त गरेर पानीमाथिको ओभानो हुने प्रयत्न गरेको आरोप पनि लगाएका छन् । साथै डाक्टर भट्टराईले बम दिदीबहिनीलाई गम्भीर केरकार र अनुसन्धान नगरी किन छाडा छोडिदैछ भनेर पनि प्रश्न पनि गरेका छन् ।