१४ बैशाख २०८१, शुक्रबार
Follow Us

ट्रकको ठक्करले वृद्धा र बालकसहित ३ को मृत्यु

नेपालब्रिटेन संवाददाता
९ कार्तिक २०७५, शुक्रबार ०८:००

काठमाडौँ । काठमाडौँ उपत्यकामै ट्रकले पैदलयात्रीलार्इ ठक्कर दिँदा ३ जनाको ज्यान गएको छ । काठमाडौँको लोलाङमा बाटो हिँडिरहेका पैदलयात्रीलाई ट्रकले ठक्कर दिएको हो ।

ना ६ ख ७८२५ नम्बरको सिमेन्ट बोकेको ट्रकको ठक्करले एक बालक तथा एक वृद्धा गरी ३ को ज्यान गएको हो । ठक्करबाट दुर्इ जनाको घटनास्थलमा नै मृत्यु भएको र अर्का एकको उपचारका क्रममा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

मृत्यु हुनेमा ७० वर्षीय वृद्धा तिलकुमारी तिवारी, ६० वर्षीय सावित्री पुडासैनी तथा ३ वर्षीय बालक अजित तिवारी रहेका छन् । ठक्कर ट्रकलाई नियन्त्रणमा लिर्इ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।