१५ चैत्र २०८०, बिहीबार
Follow Us

५ दिने वैज्ञानिक सम्मेलन सुरु, १ सय २० वटा कार्यपत्र प्रस्तुत हुने

नेपालब्रिटेन डट कम्
३ आश्विन २०७३, सोमबार ०८:०८

भौतिक शास्त्र, गणित तथा रसायन शास्त्र लगायतका विषयमा भएका विश्वभर भएका खोज तथा अनुसन्धान बारे छलफल गर्न २४ देशका १ सय २६ जना वैज्ञानिक धुलिखेलमा जम्मा भएका छन् ।

५ दिनसम्म चल्ने ‘क्वासि क्रिस्टल’ बारेको अन्तर्राष्ट्रिय सम्मेलनमा विश्वव्यापी रुपमा भएका खोज तथा अनुसन्धानबारे कार्यपत्र र अनुभव आदानप्रदान हुने सम्मेलन निर्देशक डा. हेमराज शर्माले जानकारी दिए ।

सहभागीले ‘क्वासि क्रिस्टल’ का बारेमा नयाँ तथ्य पत्ता लगाएर केमेस्ट्रीका लागि नोबल पुरस्कार विजेता डान साकमेनसँग अन्तरक्रिया गर्नेछन् । धुलिखेल लज रिसर्टमा ५ दिनसम्म चल्ने सम्मेलनमा १ सय २० वटा कार्यपत्र प्रस्तुत हुने शर्माले जानकारी दिए । उनका अनुसार, नेपालका तर्फबाट ६ वटा कार्यपत्र प्रस्तुत हुनेछन् ।

नेपालमा नै पहिलो पटक आयोजना भएको यो सम्मेलन दक्षिण एशियामा दोस्रो पटक आयोजना भएको हो । जापान, फ्रान्स, अमेरिका, बेलायत, इजरायल, नेपाल लगायतका देशका वैज्ञानिक सहभागी छन् ।
14344321_10154583610153470_5719042640554264019_n

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति तिर्थराज खनियाले सम्मेलनबाट नेपाली वैज्ञानिकलाई सहयोग पुग्ने बताए । नोबल पुरस्कार विजेता दानले नेपालमा ३ करोड बौद्धिक दिमाग भएकाले यसको विकास गरे देशले कोल्टे फेर्न सक्ने बताए ।

काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. रामकण्ठ माकजूले नेपालमा के छैन भन्दा पनि के छ भन्ने कुरामा चर्चा गर्नुपर्ने तर्क गरे ।

14364791_10154583610263470_9213985918670082257_n