१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बस दुर्घटना, एघार घाइते

sarusaru
१० कार्तिक २०७५, शनिबार ०४:३३

कावासोती – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी मध्यविन्दु नगरपालिका–११ अरुणखोलमा आज बिहान ५ बजे बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

बर्दियाबाट काठमाडाँैका लागि छुटेको ना६ख ८४३९ नं को बस सडक छेउमा रोकिराखेको ना६ख ५९२ नं को ट्रकमा ठोक्“िदा सो दुर्घटनामा भएको हो । दुर्घटनमा परी घाइते भएका ११ जनाको नया“ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकृत लीलाराज लामिछानेले बताउनुभयो । घाइतेको नाम, ठेगाना खुल्न बा“की रहेको उहा“ले बताउनुभयो ।

गए राति भएको अर्को सवारी दुर्घटनामा एक जना घाइते भएका छन् । देवचुली नगरपालिका–१६ स्थित राजमार्गमा ना४२प ५०९५ नं को मोटरसाइकललाई नम्बर नखुलेको ट्रकले ठक्कर दि“दा देवचुली–१६ का ४५ वर्षीय सुमन अधिकारी घाइते हुनुभएको थियो । उहा“को अवस्था चिन्ताजनक रहेको र भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
रासस