७ बैशाख २०८१, शुक्रबार
Follow Us

चार दिने भ्रमणका लागि राष्ट्रपति भण्डारी सोमबार कतार जाने

नेपालब्रिटेन संवाददाता
१० कार्तिक २०७५, शनिबार ०७:५७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी चार दिने औपचारिक भ्रमणका लागि कतार जाने भएकी छिन् । कतारका अमिर शेख तमिम बीन हमाद अलथानीको निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार कतार जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मंगलबार भण्डारीले अमिर अलथानीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा भण्डारीले नेपालमा लगानीको अवसरका विषयमा आयोजना हुने कार्यक्रममा सहभागिता जनाउने बताइएको छ ।

भण्डारीले कतारस्थित नेपाली राजदूताबासको भ्रमण गर्ने कार्यक्रम रहेको जनाइएको छ । दोस्रो पटक राष्ट्रपति भएपछि उनले पहिलो विदेश भ्रमण कतारबाट गर्न लागेकी हुन । भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र परराष्ट्रसचिव शंकरदास वैरागी पनि छन ।