१३ बैशाख २०८१, बिहीबार
Follow Us

सवारी दुर्घटनामा सञ्चारकर्मीसहित २ को मृत्यु

नेपालब्रिटेन संवाददाता
१० कार्तिक २०७५, शनिबार १४:५५

काठमाडौं । सवारी दुर्घटनामा सञ्चारकर्मीसहित २ को मृत्यु भएको छ । काभ्रेको मण्डनदेउपुरमा भएको सवारी दुर्घटनामा सञ्चारकर्मी जीवन पराजुलीसहित दुई जनाको मृत्यु भएको छ । पराजुली एभिन्युजमा कार्यरत थिए । दुर्घटनामा कांग्रेसका प्रदेश ३ संयोजक विनोद कार्कीको पनि मृत्यु भएको छ । बा ३ च २८७ नम्बरको जीप मण्डनदेउपुर नगरपालिका ६ ढकालथोकमा दुर्घटना भएको हो । दुर्घटनामा पूर्व एआईजी किरण गौतमसहित चार जना घाइते भएका छन् । उनीहरुको धुलिखेल सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।