६ बैशाख २०८१, बिहीबार
Follow Us

काभ्रे जिप दुर्घटना: डीआइजी भण्डारीसहित तीनजनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
१० कार्तिक २०७५, शनिबार १५:०४

काभ्रे । काभ्रेको मन्डनदेउपुर नगरपालिका–६, ढकालथोकमा शनिबार एक जिप दुर्घटना हुँदा नेपाल प्रहरीका डीआइजीसहित तीनजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् । बा३च २८७ नम्बरको जिप दुर्घटना भएको हो । मृत्यु हुनेमा नेपाल प्रहरीका डीआइजी सुशीलकुमार भण्डारी, मन्डनदेउपुर–४ का जीवन पराजुली र नमोबुद्ध नगरपालिका–१० का विनोद कार्की रहेको स्थानीय वडाध्यक्ष नेत्रप्रसाद ढकालले जानकारी दिए ।

मृतक पराजुली स्थानीय सन्चारकर्मी हुन् भने कार्की प्रदेश नम्बर–३ का ट्रेड युनियन कांग्रेसका अध्यक्ष हुन् । डीआइजी भण्डारीको उपचारकाक्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो । पराजुली र कार्कीको घटनास्थलमै मृत्यु भएको जनाइएको छ । दुर्घटनामा घाइते भएका पूर्वएआइजी किरण गौतमसहित अरु दुईजनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

जिपमा सवार यात्रीहरु मन्डनदेउपुरस्थित ढुंगाखानी निरीक्षण गर्न गएका थिए । दुर्घटनाग्रस्त जिप सडकबाट करिब ३०० मिटर तल खसेको थियो । दुर्घटनाको कारण खुलेको छैन ।