१५ चैत्र २०८०, बिहीबार
Follow Us

प्रधानमन्त्री ओली चियापानमा अनुपस्थित

नेपालब्रिटेन संवाददाता
१० कार्तिक २०७५, शनिबार १५:१३

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीको (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको छातीमा सङ्क्रमण देखिएपछि पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा उपस्थित हुन सक्नुभएन ।

विजयादशमी, दिपावली, नेपाल संवत् र छठका अवसरमा नेकपाले आज राजधानीको भृकुटीमण्डप बगैँचामा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री ओली आउने तय भए पनि अस्वस्थ्यताका कारण उहाँ नआउनुभएको उहाँको स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिनुभयो ।

नेकपाका महासचिव विष्णु पौडेलले प्रधानमन्त्री ओलीलाई सामान्य रुघाखोकी, भाइरल ज्वरो र छातीमा सङ्क्रमण देखिएकाले आउन नसके पनि भावनात्मकरुपमा उहाँ उपस्थित हुनुभएको प्रतिक्रिया दिनुभयो ।