१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कोरियामा नेपालीको मृत्यु

नेपालब्रिटेन संवाददाता
१० कार्तिक २०७५, शनिबार १५:२०

काठमाडौं । दक्षिण कोरियामा कार्यरत दोलखाको गौरीशङ्कर गाउँपालिका–९ का आङ्कामी शेर्पाको हृदयाघातका कारण मृत्यु भएको छ । हृदयघातका कारण अस्पताल भर्ना भएका ४३ वर्षीय शेर्पाको उपचारका क्रममा शुक्रबार निधन भएको दक्षिण कोरियामा रहेका पत्रकार प्रकाश पोखरेलले जानकारी दिनुभयो । मृतक शेर्पा सन् २०१६ मा कोरिया प्रवेश गरी अवैधानिक बसोबास गर्दै आएका थिए ।