१५ बैशाख २०८१, शनिबार
Follow Us

अपशब्द बोल्दै पत्रकारमाथी ठेकेदारको मुक्का प्रहार (भिडियो)

नेपालब्रिटेन डट कम्
१० कार्तिक २०७५, शनिबार १९:२३

फेवा टेलिभिजनका क्यामेरा मेन विवेक दाहाल मार्थि हातपात भएको छ । पोखरा महानगरपालिका वडा नं ११ रानिपौवामा मर्मत हुदै गरेकोसडकको विषयमा जिज्ञासा राख्दा ठेकेदार टिका भुजेलले दाहाल माथि शुक्रवार हातपात गरेका हुन् । क्यामेरा मेन दाहालले बाटोमा विछ्याईएको गिटी र कालोपत्रे गर्न लागेको सडकको विषयमा जिज्ञासा राखेका थिए । खास के भएको थियो विबेक दाहाल भन्छन् ।

आफ्नो घर र समुदाय अगाडी बन्दै गरेको सडकको विषयमा सुचना माग्न र जानकारी लिन पाउने सर्वसाधारणको अधिकार नै हो नि होइन र ? तर यहाँ पत्रकारले जिज्ञासा राख्दा हातपात गर्ने ठेकेदारलाई के भन्ने ? किन यति चाँढै आवेशमा आए ठेकेदार ? किन यसरी तातो रिस गरीरहेका छन् ? ठेकेदार मात्रै होइन वडा नंम्बर ९ का जनप्रतिनिधि सुवास खवास पनि भन्दैछन् तैले के गर्न सक्छस् ? भिडियो खिचेर के गर्छस् ? पत्रकार तथा क्यामेरा मेनको काम समाजमा भैरहेका विकास निर्माण सँगै अन्य गतिविधि आम जनता सम्म पुराउनु हो ।

क्यामेरा मेन दाहालले गरेको पनि त्यहि काम थियो तर उनिमाथि जुन दुव्यवहार भयो यो सैह्य हुन सक्दैन । सार्वजनिकस्थलमा ठेकेदारले दादागिरी देखाएको हामीले महशुस गरेका छौँ । खास रिस चाहीँ किन उठेको होला ? बाटो बनाउदा मापदण्ड पुगेको छ र भन्ने जवाफ माग्दा मुक्का प्रहार गर्ने पत्रकारमाथि जाईलाग्ने यो कस्तो तरिका हो ?

वडा नं ९ का जनप्रतिनिधि सुरेश खवासले आफु पनि जनप्रतिनिधि भएकोले भिडियो नखिच्न अनुरोध गरेको बताएका छन् । यस विषयमा जिज्ञाशा राख्दा वडा नंम्बर ९ का अध्यक्ष रामराज लामिछानेले अनविज्ञता व्यक्त गरेका छन् । हामीले वडा नं ११ का वडा अध्यक्ष मोहन प्रसाद वास्तोलालाई पनि घटना वारे जानकरी गराएपछि अध्यक्ष वास्तोलाले आफु पोखरा बाहिर रहेको र सत्यतथ्य बुझ्ने बताएका छन् ।