८ बैशाख २०८१, शनिबार
Follow Us

लन्डनमा नेपाल तरुण दलको ६५ औं स्थापना दिवस

नेपालब्रिटेन डट कम्
१० कार्तिक २०७५, शनिबार २१:२७


एभरेस्ट गौतम ।

लन्डन । नेपाल तरुण दलको ६५औं स्थापना दिवस लन्डनको ह्यारोमा शनिवार सम्पन्न भएको छ । नेपाल तरुण दलका केन्द्रिय महासचिव भुपेन्द्र जङ्ग शाहीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा अधिकांस बक्ताहरुले नेपाली कांग्रेस पार्टीको भित्र एकतामा जोड दिए ।

बोल्ने बक्ताहरुले पार्टीमा नेता तथा कार्यकर्ताहरु अनुशासनमा रहनु पर्ने, बिदेशमा भातृ संगठनको औचित्य, तरुण दलको भुमिका विषयमा आआफ्नो भनाइ राखे ।

नेपाल तरुण दल बेलायतको आयोजनामा सम्पन्न कार्यक्रममा बिश्व आदर्श पन्डित, शान्ता लामिछाने, बिजन भट्ट, डा. मीन रानाभाट, जनसम्पर्क समिति बेलायतका उपाध्यक्ष कोपिला सुब्बा, महामन्त्री केशव भण्डारी, सह-कोसाध्यक्ष कुस बस्नेत, पर्वत नेपाली समाज युके अध्यक्ष दधि आचार्य, तरुण नेता सुमित भण्डारी, रमेश पौडेलको लगायतको सहभागीता थियो ।
शाखाका अध्यक्ष बिश्व घिमिरेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संचालन एभरेष्ट गौतमले गरेका थिए।
कार्यक्रममा स्वागत भाषण पन्कज प्रधानले गरेका थिए ।