७ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रधानमन्त्री ओलीलाई केही दिन घरभित्रै आराम गर्न सुझाव

नेपालब्रिटेन संवाददाता
११ कार्तिक २०७५, आईतवार ०४:३२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ हुनु भएको छ । प्रधानमन्त्री ओलीलाई केही दिन घरभित्रै आराम गर्न चिकित्सकहरुले सल्लाह दिएका छन् । त्रिविवि शिक्षण अस्पताल महाराजगन्जमा प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण भएको थियो । उनको उपचारमा संलग्न चिकित्सकले कम्तीमा तीन दिन ‘बेड रेस्ट’ गर्न सुझाव दिएका छन् ।

बिरामी परेका कारण आफ्नो पार्टीले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री ओली उपस्थित हुन सक्नु भएन । छातीमा संक्रमण, रुघाखोकीबाट ग्रसित प्रधानमन्त्री ओलीको ज्वरो बढ्दै गएको छ । भारतस्थित अपोलो अस्पतालमा ११ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरेका ओलीले निरन्तर औषधि सेवन गरिरहनु भएको छ ।

यसअघि पनि प्रधानमन्त्री ओली पटक–पटक म्यानेन्जाइटिस, झाडापखाला र अन्य स्वास्थ्य समस्याबाट गुज्रिँदै आउनु भएको छ ।