८ बैशाख २०८१, शनिबार
Follow Us

पत्रकार पराजुलीको निधनप्रति दुःख व्यक्त

sarusaru
११ कार्तिक २०७५, आईतवार १२:२४

काठमाडौँ। नेपाल पत्रकार महासङ्घले काभ्रेपलाञ्चोक शाखाका सदस्य जीवन पराजुलीको सवारी दुर्घटनामा परी २४ वर्षको अल्पायुमै निधन भएको दुखद् खबरले स्तब्ध भएको जनाएको छ।

काभ्रेको मण्डनदेउपुर नगरपालिका–६ स्थित चुरेथुम्कामा बा ३ च २८७ जीप दुर्घटना हुँदा पत्रकार पराजुलीसहित तीन जनाको निधन भएको हो। विगत आठ वर्षदेखि पत्रकारितामा सक्रिय पत्रकार पुराजुलीले कान्तिपुर टेलिभिजन, एभिन्यूज टेलिभिजनलगायतका सञ्चारमाध्यममा काम गरेका थिए।

पछिल्लो समय रेडियो गौरवमा आवद्ध पराजुलीको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र उर्जाशील युवा पत्रकार गुमाएको महासङ्घले जनाएको छ। महासङ्घले आज एक विज्ञप्तिमार्फत स्वर्गीय पराजुलीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चिरशान्तिको कामना गर्दछ र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ।

साथै महासङ्घले उक्त दुर्घटनामा परी निधन भएका नेपाल प्रहरीका डिआइजी सुशीलकुमार भण्डारी र नेपाल ट्रेड युनियन काङ्ग्रेसका प्रदेश नं ३ का अध्यक्ष विनोद कार्कीप्रति पनि श्रद्धाञ्जली अर्पण गरेको छ। महासङ्घका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा दुर्घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
रासस