७ बैशाख २०८१, शुक्रबार
Follow Us

तत्कालीन एसपी डिल्लीराज विष्ट अदालत जाने

नेपालब्रिटेन संवाददाता
११ कार्तिक २०७५, आईतवार १३:३०

काठमाडौं । गृह मन्त्रालयले सेवाबाट बर्खास्त गर्ने निर्णय गरेपछि कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले आउने आईतबार अदालत जाने घोषणा गरेका छन् ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रभावकारी कार्य सम्पादन तथा अनुसन्धान नगरेको भन्दै मन्त्रालयले विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त गरेपछि उनले यस्तो निर्णय गरेको घोषणा गरेका हुन् । उनले भने,”मैले यत्रो काम गरें । मलाई न्याय दिनुपर्नेमा मेरो संगठनले त्यस्तो गरेन । अब म अदालत जान्छु । मसँग अरु कुनै विकल्प नै छैन ।”

निर्मला हत्याकाण्डमा गृहको एक्सन स् एसपी विष्ट र इन्सपेक्टर भट्टको जागिर गयो निर्मला पन्त हत्या प्रकरणका आरोपी कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्टको जागिर गएको छ ।

गृह मन्त्रालयले बिहिबार उनीहरुलाई बर्खास्त गर्ने निर्णय गरेको हो । गृहसचिव प्रेमकुमार राईको निर्देशनानुसार प्रहरी प्रधान कार्यालयले निलम्बित एसपी विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टसँग स्पष्टीकरण सोधेको थियो । सो अनुसार उनीहरुले बुधबार स्पष्टीकरण बुझाएपछि मन्त्रालयले बर्खास्तीको निर्णय गरेको हो ।