७ बैशाख २०८१, शुक्रबार
Follow Us

वेलायतमा सम्झिए लक्ष्मी प्रसाद देवकोटा (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
११ कार्तिक २०७५, आईतवार १६:३१


एभ्रेष्ट गौतम ।

लण्डन । लण्डनमा महाकवि लक्ष्मी प्रसाद देबकोटा १०९ ओं जन्मजयन्ति मनाएको छ । नेपाली साहित्य विकास परिषद युकेको आयोजनमा आइतवार लण्डनमा आयोजित एक कार्यक्रममा बोल्ने बक्ताहरुले महाकवि देवकोटाको वारेमा आआफ्ना भनाईहरु राखेका थिए । परिषदका अध्यक्ष कोमल मल्लको सभापतित्वमा सम्पन्न कार्यक्रममा वेलायतस्थित नेपाली साहित्यप्रेमी लगायत नेपाली दुतावास लण्डनको प्रतिनिधी भुपेन्द्र घिमिरे, समाजसेवी डा. राघव धिताल, पत्रकारद्धय सुमन खरेल, खगेन्द्र नेपाली, कृष्ण भट्ट, सुरेन्द्र श्रेष्ठ, बाचसपति रेग्मी, ध्रुव केसी, हरिसिहं थापा लगायतको उपस्थिती थियो । कार्यक्रमको संचालन संस्थाका महासचिव विरेन्द्र कुवरले गरेका थिए । कार्यक्रममा साहित्यकार निर्मल कुमार थापाद्धारा लिखित एकालापको किताव विमोचनसमेत गरिएको थियो ।