१३ बैशाख २०८१, बिहीबार
Follow Us

दशैं शुभकामना कार्यक्रम गरेर च्यारिटीलाई सहयोग

नेपालब्रिटेन डट कम्
११ कार्तिक २०७५, आईतवार १७:२९

लण्डन । सटनस्थित नेपाली समुदायले विजया दशमी तथा दीपावलीको शुभअवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेका छन् । शनिवार आयोजित कार्यक्रमबाट संकलन भएको रकम नेपाल प्राकृतिक तथा मानव श्रोत विकास संघ (नहुदा) लाई प्रदान गरिने भएको छ । कार्यक्रम आयोजक मध्यकी एक सुमी प्रसाईका अनुसार सो कार्यक्रमबाट ८ सय ५० पाउण्ड सहयोग संकलन भएको छ ।

कार्यक्रममा नहुदाका अध्यक्ष डा. दिनेशराज शर्माले संस्थाका विविध पक्षमा आफ्ना भनाई राखेका थिए । सांस्कृति कार्यक्रम समेत प्रस्तुत भएको सो कार्यक्रममा व्युटि अफ चेन्ज युकेकी विजेता सुनिता श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रममा विपीन जोशी, जमुना जोशी, सुसिल, सुमी, निसाता प्रीसा, रफी श्रेष्ठ, अलिशा खड्का, अमिस खड्का लगायतले आआफनो प्रस्तुती दिएका थिए ।

कार्यक्रमलाई सफल पार्न प्रेम खड्का, शुलव पन्त, सुसिला प्रसाई, यदु अर्याल, विपीन जोशी, नारायण शर्मा, श्रीजा श्रेष्ठ, लगायतले महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।