११ बैशाख २०८१, मंगलवार
Follow Us

प्रधानमन्त्री ओली अस्पताल भर्ना, आइसियूमा उपचार हुँदै

नेपालब्रिटेन संवाददाता
१२ कार्तिक २०७५, सोमबार ०४:३०

काठमाडौं । स्वास्थ्यमा समस्या देखिएको प्रधानमन्त्री केपी ओली अस्पताल भर्ना भएका छन् । स्वासप्रस्वासमा समस्या देखिएपछि गएराति उनलाई महाराजगन्जस्थित मनमोहन कार्डियोभास्कुलर सेन्टरमा भर्ना गरिएको हो ।

बिहान साढे दुई बजेतिर एक्कासी छातिमा समस्या देखिएपछि अस्पताल लगिएको प्रधानमन्त्रीको नीजि सचिवालयले जानकारी दिएको छ । ओलीको रोग प्रतिरोधात्मक क्षमतामा कमि आएको र रुघाखोकीका कारण छातीमा संक्रमण बढेको उपचारमा सग्लन चिकित्सकले जानकारी दिएका छन् ।

यसैबिच, ओलीको स्वास्थ्य अवस्था बुझ्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल त्रिवि शिक्षण अस्पताल पुगेका छन् । केही दिनदेखि प्रधानमन्त्रीमा रुघाखोकी र ज्वरोको समस्या देखिएको थियो । स्वास्थ्य अवस्था कमजोर भएपछि उनी शनिवार नेकपाले आयोजना गरेको चियापान कार्यक्रममा समेत सहभागी भएका थिएनन् ।

चिकित्सकले उनलाई केही दिन घरमै आराम गर्न सल्लाह दिएका थिए । तीन दिनदेखि प्रधानमन्त्री औपचारिक कार्यक्रममा सहभागी भएका छैनन् । आइतवारको मन्त्रीपरिषद बैठकमा पनि उनी दश मिनेट मात्रै सहभागी भएका थिए ।