१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रधानमन्त्री ओलीको छातीमा संक्रमण र शरीरमा चिनीको मात्रा असन्तुलित

नेपालब्रिटेन संवाददाता
१२ कार्तिक २०७५, सोमबार ०५:४४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको छातीमा संक्रमण र शरीरमा चिनीको मात्रा असन्तुलित देखिएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले विज्ञप्ति जारी गर्दै अस्पतालका कार्यकारी निर्देशक डा उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितिमा क्रमिक सुधार देखिएको र अरु स्वास्थ्य स्थिति सामान्य रहेको बताए ।

बिहान ४:३० बजे प्रधानमन्त्रीलाई अस्पताल भर्ना गरिएको थियो । उनको स्वास्थ्य अवस्था बुझ्न राजनीतिक दलका शीर्ष नेता, कार्यकर्ता तथा शुभेच्छुकहरु अस्पताल पुगेका छन् । शनिबारदेखि रुघाखोकीले ग्रस्त ओलीको स्वास्थ्यमा थप समस्या आएकाले बिहानै अस्पताल पुर्‍याइएको थियो ।

उनको स्वास्थ्यबारे जानकारी लिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरु बिहानै अस्पताल पुगेका थिए । नेकपा महासचिव विष्णु पौडेल, वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल, गृहमन्त्री रामबहादुर थापा पनि अस्पताल पुगेका छन् ।