१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन अभियानको यात्रा नयाँ चरणमाः उपाध्यक्ष कुमार पन्त

नेपालब्रिटेन डट कम्
१२ कार्तिक २०७५, सोमबार २०:१८

लण्डन । गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले संघको १५ वर्षे अभियान नयाँ चरणमा प्रवेश गरेको वताएका छन । पन्तले गैरआवासीय नेपाली संघ हल्याण्डको वार्षिक साधारणसभालाई सोमवार सम्वोधन गर्दै समृद्ध नेपालको लागि संघले सिप, ज्ञान र आर्थिक लगानीलाई संगसंगै लिएर नेपाल जानु पर्नेमा जोड दिए ।

गैरआवासीय नेपालीहरुले विदेशमा सिकेका ज्ञान, सीप र प्रविधि भित्रायाएर नेपालको समृद्धिमा सहयोग पुर्‍याउने तिर लाग्नु पर्ने उनको भनाई थियो। । उनले हालै नेपालमा सम्पन्न पहिलो विज्ञ सम्मेलनमा विज्ञहरुको उत्साहजनक सहभागिताले त्यसको पुष्टी गरेको तर्क गरे ।

पन्तले अव संघभित्र गफ गरेर वस्नेहरुको लागि कुनै स्थान नरहेको भन्दै काम गरेर नतिजा दिन सक्नु पर्नेमा जोड दिए । उनले भने नाम खोज्ने तिर भन्दा राम्रो कामको थालनी गर्ने तिर लाग्नु पर्ने वताए ।

संघले विदेशमा नेपालीले सिकेका ज्ञान, सीप र प्रविधिलाई मुलुकमा भित्र्याउन के कस्ता समस्या छन भन्ने पहिचान गरिसकेको वताए ।

गैरआवासीय नेपाली संघ हल्याण्डका अध्यक्ष मनोहरी शर्माको अध्यक्षतामा सम्पन्न साधारणसभामा वोल्ने वक्ताहरुले संघको अभियानको वारेमा चर्चा गरे ।

कार्यक्रमका प्रमुखअतिथि बेल्जियमका लागि नेपाली राजदुत लोक वहादुर थापाले गैरआवासीय नेपालीहरु परोपकारी काममा मात्र केन्द्रित नभएर लगानी भित्राउने दिसामा लाग्नु पर्ने वताए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका केन्द्रिय सदस्य नारायण आचार्य, श्रीराम कंडेल, पदम क्षेत्री, धन बहादुर वोहोरा, सिव गुरुङ, हिमाल ओझा, शान्ति ठोकर लगायतले आआफ्नो भनाई राखेका थिए ।