७ बैशाख २०८१, शुक्रबार
Follow Us

काठमाडौँका बिद्यालयमा जताततै बम नै बम !

नेपालब्रिटेन डट कम्
४ आश्विन २०७३, मंगलवार ०६:१५

काठमाडौं उपत्यकाका विभिन्न विद्यालयहरुमा भेटिएको शंकास्पद वस्तु बम भएको पुष्टि, घटनामा संलग्न भएको आशंकामा केही पक्राउ । काठमाडौं उपत्यकाका विभिन्न विद्यालयमा शंकास्पद वस्तु भेटिएको छ । काठमाडौंको बौद्ध, डल्लु, दक्षिणढोका र ललितपुरको सानेपामा शंकास्पद भेटिएको हो ।
ललितपुरको सानेपामा रहेको रेडियन्ट रिडर्स एकेडेमीमा प्रेसर कुकर कम भेटिएको प्रहरीले जनाएको छ । बिहान साढे ५ बजे विद्यालयमा बम रहेको थाहा भएको र अहिले त्यस क्षेत्रलाई सुरक्षा घेरामा रोखेको उहाँले जानकारी दिनुभयो । बम राखिएको ठाउँमा एउटा पर्चा पनि भेटिएको छ । यस्तै, काठमाडौंको जोरपाटी दक्षिणढोका र डल्लुमा पनि शंकास्पद वस्तु भेटिएको छ । डल्लुको कन्चनजञ्गा इन्टिग्रेटेड मोर्डन स्कूलमा र दक्षिणढोकाको मनकामना बोर्डिङ स्कूल, बालसञ्चार बोर्डिङ र आकाशदीप बोर्डिङ स्कूलमा पनि शंकास्पद वस्तु भेटिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मनकामना र आकाशदीप बोर्डिङमा बम पड्किएको छ । बिस्फोटका कारण आकाशदीपको पर्खाल र गेटमा क्षति पुगेको छ ।
घटनास्थलमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र तथा योङ कम्यूनिष्ट फोर्स नेपाल केन्द्रीय समिति नाम गरेको पर्चा भेटिएको छ । यो समूहले शुल्क वृद्धि फिर्ता लिनु पर्ने, कम आय भएकाको छोराछोरीलाई निःशुल्क पठनपाठनको व्यवस्था गर्नुपर्ने लगायत ११ बुँदे माग राखेको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले बिभिन्न स्थानबाट केही व्यक्तिहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।