१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्राविधिक शिक्षाका लागि प्रतिष्ठानलाई रु पाँच लाख

sarusaru
१५ कार्तिक २०७५, बिहीबार ०३:४१

उर्लाबारी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले नगरका विपन्न विद्यार्थीको प्राविधिक शिक्षाका लागि उर्लाबारीस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानले खडा गरेको कोषलाई सहयोग स्वरूप रु पाँच लाख उपलब्ध गराएको छ।

नगरपालिका कार्यालयमा बुधबार आयोजित एक कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राई, प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम र प्रतिष्ठानका रोजगार परामर्श तथा बजारीकरण अधिकृत भुवनकुमार धिमालबीच सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।

प्रतिष्ठानले विसं २०६५ देखि आर्थिक अवस्था कमजोर भएकाको शिक्षाका लागि उक्त कोषमार्फत लगानी गर्ने र कमाएर तिर्ने गरी ‘प्राविधिक शिक्षा शैक्षिक उपहार ऋण कार्यक्रम’ सञ्चालन गरेको गर्दै आएको छ।

उक्त कार्यक्रमअन्तर्गत नगरपालिकाका १७ नयाँ सहित हालसम्म ४३ जना उक्त प्रतिष्ठानमा अध्ययनरत छन्। सो कोषमा हालसम्म रु एक करोड १५ लाख रहेको अधिकृत धिमालले जानकारी दिए।

उक्त प्रतिष्ठानमा सीएमए, अनमी, पीसीएल सामान्य चिकित्सा, पीसीएल नर्सिङ, आइएससीएजी बालीविज्ञान, आइएससीएजी पशुविज्ञान, डिप्लोमा इन सिभिल इञ्जिनीयरिङ, प्राविधिक एसएलसी सिभिल इञ्जिनीयरिङ र भेट जेटिएका लागि उपहार ऋण कार्यक्रम सञ्चालित छ।
डिसी नेपाल