६ बैशाख २०८१, बिहीबार
Follow Us

पर्यटन मन्त्री अधिकारी लण्डन आउने, उच्चस्तरीय समिति गठन हुने

नेपालब्रिटेन डट कम्
१५ कार्तिक २०७५, बिहीबार १६:२७

लण्डन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी लण्डन आउने भएका छन् । मन्त्री अघिकारी लण्डनमा आयोजना हुने विश्व पर्यटन मेलामा नेपालको तर्फवाट सहभागिता जनाउन वेलायत आउन लागेका हुन् ।
नोभेम्वर ५ देखी ७ तारिख सम्म लण्डनमा आयोजना हुने पर्यटन मेलामा विश्वभरका पर्यटन व्यवसायीहरुको सहभागि हुने आर्या भिलेज ट्राभल्सकी निर्देशक सरला सापकोटाले जनाइन् । सापकोटाका अनुसार नेपालका ३१ पर्यटन व्यवसायीले सो मेलामा आआफ्नो स्टल राख्ने तयारी गरेका छन् ।

यस्तै बीच लण्डनस्थित नेपाली दुतावासले मन्त्री अधिकारी र उपसभामुख शिवमाया तुम्वाहाम्फेको उपस्थितमा नेपाली दुतावासमा १० नोभेम्वरका दिन एक कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ । सोही अवसरमालण्डनमा नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन उच्चस्तरीय मूल समिति गठन गर्ने तयारी गरिएको नेपाली दुतावासले जनाएको छ ।