१६ चैत्र २०८०, शुक्रबार
Follow Us

भोज खान गएका युवक मृत भेटिए

sarusaru
१६ कार्तिक २०७५, शुक्रबार ०८:०२

सिरहा : गत ९ गते शुक्रबार जनकपुरबाट साथीको घर लहानमा भोज खान भनी गएका युवक बिहीबार मृत भेटिएका छन् ।

प्रहरीले भने ती युवकको हत्या या आत्महत्या ठम्याउन सकेको छैन । यसका लागि अनुसन्धान गरिरहेको बताएको छ । गत शुक्रबार जनकपुर उपमहानगरपालिका–२१ का ३० वर्षीय सुमित साह सिरहाको लहान नगरपालिका–३ स्थित आफ्नो साथी प्रवेश चौधरीको बुबा बितेको काजक्रिया तथा भोजभतेरमा सरिक हुन गएका थिए ।

भोजमा सरिक भइसकेका उनको शव पाँच दिनपछि साथीकै घर पछाडि रहेको पोखरीमा फेला परेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले जानकारी दिए । उनीहरु (सुमित–प्रवेश) भारतमा अध्ययन गर्दा साथी बनेका थिए ।

घटना बारे सोधपुछको लागि दुई जनालाई प्रहरी कार्यालयमा बोलाएको छ । उनका अनुसार सुमित साँझ साथीको घरबाट बजार घुम्न गएका थिए । अचानक बिहीबार बिहान उनको शव पोखरीमा भेटिएको बताइएको छ । सुमितको अरु लुगा र झोला प्रवेशकै घरमा थियो । पोष्टमार्टमको रिपोर्टले मात्रै हत्या कि आत्महत्या भन्न मिल्ने डिएसपी थापाले बताए ।

यसबाहेक बुधबार दिउँसो सिरहा नगरपालिका–६ बसपिट्टास्थित कमला नदीको पूर्वी किनारमा एक महिलाको शव भेटिएको थियो । जसको अहिलेसम्म सनाखत हुन सकेको छैन ।
अन्नपूर्ण पोष्ट