८ बैशाख २०८१, शनिबार
Follow Us

प्रधानमन्त्रीलगायत माओवादी नेताहरुलाई अख्तियारको पत्र

नेपालब्रिटेन डट कम्
४ आश्विन २०७३, मंगलवार ०७:०१

काठमाडौं– प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत सरकारमा रहेका उच्च नेताहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महिनाभित्र बयान दिन आउन पत्र काटेको बुझिएको छ ।
सात वटा शिविरमा राखिएका माओवादी लडाकूको पैसा हिनामिनाबारे अनुसन्धान गर्न अख्तियारले सरकारमा रहेका उच्च पदाधिकारी तथा माओवादी केन्द्रका नेताहरुलाई पत्र काटेको हो । लडाकूका लागि राज्यले दिएको रकम वर्तमान अर्थमन्त्री कृष्णबहादुर महराले बुझ्ने गरेका थिए । उक्त रकम अहिलेसम्म बेरुजुमा छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल, उपराष्ट्रपति नन्दकृष्ण पुन, अर्थमन्त्री कृष्णबहादुर महरा, ऊर्जामन्त्री जर्नादन शर्मा र पार्टी सचिव वर्षामान पुनलगायत माओवादी केन्द्रका २१ जना रहेको बताइएको छ ।