८ बैशाख २०८१, शनिबार
Follow Us

कांग्रेसको चियापानमा देउवा र पौडेलको स्वागत (फोटो फिचर)

नेपालब्रिटेन संवाददाता
१६ कार्तिक २०७५, शुक्रबार ०९:२३

काठमाडौं । नेपाली काँग्रेसले आयोजना गरेको चियापानमा सहभागी अतिथिलाई पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिमलेन्द्र निधि ,महामन्त्री डा शशांक कोइराला, विजयकुमार गच्छदारलगायतका नेताहरुले स्वागत गर्नु भएको छ ।

पार्टी सभापति देउवाद्वारा बडादशैं, तिहार, नेपाल संवत ११३९, छठलगायत पर्वका अवसरमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम पार्टी मुख्यालय सानेपामा १ वजेदेखि सुरु भएको हो । विदेशी अतिथिलाई भने २ बजेदेखि ३ बजेसम्म पार्टी कार्यालयको माथिल्लो हलमा चियापानको व्यवस्था मिलाईएको छ । कांग्रेसका नेता तथा प्रतिनिधि आउने क्रमम जारी छ भने अन्य व्याक्तिहरु चियापान कार्यक्रम सहभागी हुदैछन् । अतिथिहरुलाई कांग्रेस नेताहरुसँग सोझै भेट्न सक्ने व्यवस्था मिलाइएको छ । पत्रकारहरुका लागि भने बेग्लै ठाँउको व्यवस्था गरिएको छ ।

हरेक वर्ष बडादशैं अन्तिम दिन कोजाग्रत पूर्णिमाका दिन आयोजना गरिदै आएको चियापान कार्यक्रम यस वर्ष पार्टीका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बाँस्तोलाको निधनको १३ औँ दिन नपुगेका कारण आज गरिएको हो ।

आजै केन्द्रीय कार्यालयसहित ७४ वटा जिल्लामा चियापान कार्यक्रम आयोजना गरिएको छ । चियापान दिउँसो १ देखि साँझ ५ बजेसम्म केन्द्रीय कार्यालय सानेपामा चल्नेछ । विसं २०३३ मा जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ भारतबाट स्वदेश फर्केपछि विसं २०३५ देखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन नेपाली कांग्रेसले चियापान तथा जलपान समारोह गरी शुभकामना आदानप्रदान गर्दै आएको छ ।