१४ बैशाख २०८१, शुक्रबार
Follow Us

काँग्रेसको महासमिति बैठक सर्ने

नेपालब्रिटेन संवाददाता
१६ कार्तिक २०७५, शुक्रबार १३:०५

काठमाडौं । आवश्यक तयारी नपुगेपछि प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसको महासमिति वैठक आगामी मंसिरको अन्तिम साताका लागि सर्ने भएको छ ।

मंसिर ५ देखि ९ गतेसम्म बस्ने भनिएको महासमिति बैठक महिनाको अन्तिममा हुने एक नेताले जानकारी दिए। ती नेताका अनुसार तोकिएको मितिमा महासमिति वैठक तयारी नपुगेपछि सार्ने तयारी भएको हो।

‘मंसिरको अन्तिम साता गर्ने भएपनि अझै गते भने तय भएको छैन’ उनले भने ‘आवश्यक तयारी नपुगेपछि बैठक सर्न लागेको हो।’

संघियतासहितको संविधान जारी भएपछि निर्वाचनमा पराजय भोगेपछि काँग्रेसभित्र महासमिति वैठक माग हुदै आएको थियो। सभापति शेरबहादुर देउवा लामो विवाद पछि महासमिति वैठक गर्न राजि भएका थिए ।