१६ चैत्र २०८०, शुक्रबार
Follow Us

जनसम्पर्क समिति बेल्जियमका ३ पूर्वसभापति सापकोटा समूहमा

नेपालब्रिटेन डट कम्
१६ कार्तिक २०७५, शुक्रबार १९:२३

लन्डन । नेपाली जनसम्पर्क समिति बेल्जियमका तिन पूर्वसभापतिहरु सित सापकोटा समूह तिर लागेका छन्। पूर्वसभापतिहरु ध्रुवराज पाैडेल, इन्द्र बहादुर क्षेत्री र सन्तोश जोशी(सुवाश) ले शुक्रवार एक बिज्ञप्ति जारी गर्दै निर्वाचित समिति (सिता सापकोटा समूह) को पक्षमा सतिसालको रूपमा खडा रहेको जनाएका छन् । यस अघि बेल्जियममा सुबाश गुरुङको सभापतित्वमा नयाँ कार्यसमितिको घोषणा भए पछि उनिहरु सापकोटा समूहमा लागेका हुन् । बिज्ञप्तिमा आफुहरु निर्वाचित समितिको पक्षमा हामी सतिसालको रूपमा खडा रहेको उल्लेख गरेका छन् । दुई समूहमा विभाजित जनसम्पर्क समिति बेल्जियमको एकताको लागि सहमतिको लागि मध्यमार्गीको भूमिका खेल्नु पर्ने पूर्वसभापतिहरु नै एक गुठको पक्षमा वकालत गरे पछि विवाद झन् चर्किने भएको छ ।

संयुक्त बक्तब्यको पूर्णपाठ
नेपाली जनसम्पर्क समिति बेल्जियमका बारेमा बिगत केहिदिन देखि फैलाइएका भ्रमहरू प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । बिदेशमा बसेर विचार र हीत मिल्नेहरू एकठाउँमा सँगठीत हुनु र एकापसका दुखशुखमा सरीक हुनु सदैव स्वागत योग्य कुरा हो । तर मुलुकको सर्वतोमूखी हीतको लागि सँघर्ष गरेका राजनैतिक दलका बिदेश स्थित अाधिकारिक शाखाहरूमा अनावस्यक बिभाजन ल्याएर मिलेर बसेको समाजलाइ नै दुषीत बनाउनु ज्यादै नराम्रो कुरा हुन जान्छ । राजनीतिमा न्याय र विधिको स्थापनाको लागि विविध सँघर्षहरू हुन्छन । बिद्रोह पनि हुन्छ। तर ती सबै सँघर्षहरूको केन्द्रबिन्दु सर्वजन हीतायः हुनु पर्दछ ।

यसैका लागि बेल्जियमको काँग्रेसमा विगतमा हामीले लामो सँघर्ष गरेका छाैँ । विधि र पद्दतिको स्थापनाको लागि हामीले यहाँ जति लड्नु परेको छ,शायद त्यति नेपाल र दुनियाँभरमा रहेका कुनै काँग्रेसीहरूले लड्नु परेको होअोइन । अाधिकारिक सँगठनमा अन्याय भयो भने हामी सबैले मिलेर बनाएको पद्धति अनुसार त्यस विरूद्ध लड्ने प्रसस्त वैधानिक व्यवस्थाहरू छन् ।

महाधिवेशनको मूखमा अाएर लहडको भरमा सँगठनको वैधानिक प्राधिकारको अवैधानिक प्रयोग गर्ने अनुमति यहाँको स्थानीय कानून,नेपाली जनसम्पर्क समिति बेल्जियमको विधान र नेपाली काँग्रेस केन्द्रले कसैलाइ पनि दिँदैन । लोकतन्त्रमा कसैको गुलाम बन्ने व्यवस्था कुनै पनि राजनैतिक दलमा हुँदैन । त्यहि भएर बेल्जियममा भएको गूट र ब्यक्तिको गुलामीको पक्षमा हाल भएका अनर्गल प्रचारका विरूद्धमा र वैधानिक रूपले निर्वाचित समितिको पक्षमा हामी सतिसालको रूपमा खडा रहेको कुरा बेल्जीयमवासी नेपाली समुदाय र विश्वभरि जनसम्पर्कहरूमा सँगठीत साथीहरूमा नम्र जानकारी गराउन चाहान्छाैँ ।

सभापति सीता सापकोटाको कार्यकाल सकिँदै गर्दा र अधिवेशनको तैयारी हुँदै गर्दा अहिले फैलाइएको भ्रममा नफस्नुहुन विधि,पद्दति र मानवताको पक्षमा रहनुभएका बेल्जियममा कार्यरत सबै नेपाली सँघ-सँस्था तथा दाजु भाइ दिदि बहिनिहरूमा हामी यही बक्तब्य मार्फत नम्र निवेदन गर्न चाहान्छाैँ । सँगठनमा अमूल्य योगदान गर्नुभएका र हाल बाटो बिराउनु भएका बेल्जियमका काँग्रेसका साथीहरू ढिलो चाँडो एकताको पक्षमा लाग्नुहुनेछ भन्नेमा हामीले अाशा एवम् विस्वास लिएका छाैँ ।

जयनेपाल ।

ध्रुवराज पाैडेल-सँस्थापक अध्यक्ष
इन्द्र बहादुर क्षेत्री-पूर्व अध्यक्ष
सन्तोश जोशी(सुवाश)-निवर्तमान अध्यक्ष

नेपाली जनसम्पर्क समिति बेल्जियम ।