१४ बैशाख २०८१, शुक्रबार
Follow Us

जनसम्पर्क समिति बेल्जियम (सापकोटा समूह) को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नेपालब्रिटेन डट कम्
१७ कार्तिक २०७५, शनिबार ००:५१

बेल्जियम। वेल्जियममा वसोवास गर्ने स्थानिय नेपालीहरुको वाक्लो उपस्थितिमा नेपाली जनसम्पर्क समिति बेल्जियम (सापकोटा समूह) ले दशैं तथा तिहार तथा छठ पर्वको उपलक्ष्यमा गत सोमबारका दिन शुभकामना आदान प्रदान तथा मेलमिलाप दिवस कार्यक्रम सम्पन्न गरेको छ । स्थापना काल देखि नै संस्थापक अध्यक्ष धुर्बराज पौडेलको संयोजकत्तवमा हरेक बर्ष मनाउँदै आईरहेको कार्यक्रम यस बर्ष पनि जनसम्पर्क समिति बेल्जियम ले बि.पि ले अँगालेको नीति स्वरूप दशैँ, तिहार तथा छठ पर्व को अवसर परेर शुभकामना आदान-प्रदान तथा मेलमिलाप को रुपमा मनाएको हो ।
बेल्जियको आन्त्रोपेन शहरमा आयोजित कार्यकमा संस्थापक अध्यक्ष तथा कार्यक्रम संयोजक ध्रुवराज पौडेलको अध्यक्षता र नेपाली जन सम्पर्क समिती बेल्जियमकी सभापती श्रीमती सीता सापकोटाको प्रमुख आतिथ्यतामा संम्पन्न भएको थियो । उक्त कार्यक्रममा आमन्त्रित बेल्जियम स्थित बिभिन्न संघ-संस्थाका प्रतिनिधि हरुको उपस्थिति रहेको थियो ।

बेल्जियम का निबर्तमान अध्यक्ष सन्तोष जोशी “सुवास” को स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रममा एनआरएन बेल्जियमका अध्यक्ष लोक दाहालले देशको परिस्थिति जस्तोसुकै भएपनि प्रवासमा हामी नेपाली सधैं यसरि नै मिलेर लाग्नु पर्ने बताउनु भयो। त्यस्तै अन्य बेल्जियम स्थित बिभिन्न संघ-संस्थाका प्रतिनिधि हरुले आ-आफ्नो बिचार राख्नु भएको थियो ।

तमुधि बेल्जियका अध्यक्ष नबिन गुरुङ, जनप्रगतिशिल मोर्चा युरोपका अध्यक्ष बिष्णु भुजेल, चितवन सहायता कोष बेल्जियम का अध्यक्ष भुवन सुबेदी, कीरात समाज बेल्जियम की संरक्षक श्रीमती मुना राई, ओनएफ बेल्जियमका महासचिव चन्द्र शर्मा, जनप्रगतिशिल मोर्चा बेल्जियमका अध्यक्ष श्री मेख गुरुङ, नेपाली व्यवसायिक संघ बेल्जियमका अध्यक्ष सीपी भट्ट, बुर्गे समाज बेल्जियमका सदस्य जिवन शर्मा, नवलपरासी समाज बेल्जियमका अध्यक्ष बिजय मल्ल, गणेशमान प्रतिष्ठान बेल्जियमका अध्यक्ष योगेन्द्र श्रेष्ठ, जनसम्पर्क समिति बेल्जियमका बरिष्ठ नेता उल्का घिमीरे, मोना बेल्जियमका अध्यक्ष योगेन्द्र बि क लगाएत पत्रकार तथा संचारकर्मी ओम शर्मा, निलम घिमिरेले पनि आ-आफ्नो भनाई राखेका थिए। अधिकांशको मुल भनाई नै नेपालीहरु विदेशकों भुमीमा मिलेर नेपाली- नेपाली एक ढिक्का हुनु पर्नेमा जोड़ दिएका थिए ।

आयोजक संस्थापक अध्यक्ष धुर्बराज पौडेल ले सबैलाई धन्यबाद दिदैं हामी बिचको भाईचारा अझ गाढा भएको आवास प्रकट गरेका थिए । कार्यक्रमा जनसम्पर्क समिति बेल्जियमकी सभापति तथा कार्यक्रमकी प्रमुखअतिथी श्रीमती सीता सापकोटाले बिजया दशमी,दिपावली छडपर्व, नेपाल संवत लगायत सम्पुर्ण नेपाली पर्वहरुको अवसरमा देश तथा बिदेशमा बस्नु हुने सबैमा शुभ कामना ब्यक्त गर्दै चियापान कार्यक्रममा उठेका केही जिज्ञासाहरुको जवाफ दिदै नेपाली जनसम्पर्क समिती बेल्जियममा संस्थापक अध्यक्ष देखी निबर्तमान अध्यक्ष सम्म हामी सबै एकै ठाउँमा छौँ, समितीमा कुनै बिबाद छैन, एकादो साथीहरुबाट जे जस्ता गतिबिधीहरु बाहिर आएका छन तिनीहरुलाई सच्याएर साथीहरु अन्ततह: मुलघरमै फर्कनु हुनेछ भन्दै हामी मिलेर जानुको विकल्प नभएको बताएकी थिईन भने उक्त कार्यक्रम बेल्जियमका महामन्त्री दिनेश प्रसाद भण्डारी ले कार्यक्रम संचालन गरेका थिए ।