२५ बैशाख २०८१, मंगलवार
Follow Us

काँग्रेस महासमिति बैठक मंसिरभित्रै

नेपालब्रिटेन संवाददाता
१७ कार्तिक २०७५, शनिबार १३:२७

काठमाडौं । मंसिर पहिलो साताका लागि तय भएको काँग्रेस महासमिति बैठक सर्ने भएको छ । विधान संशोधनको मस्यौदामा छलफल गर्ने समय अपूग हुने भएपछि मंसिर ५ देखि ९ गतेसम्म हुने महासमिति बैठक नबस्ने भएको हो ।

महासमिति बैठक मंसिरभित्रै गर्ने गरी सार्न लागिएको पार्टीले हिजो शुक्रबार आयोजना गरेको चियापान कार्यक्रममा महामन्त्री शंसाक कोइरालाले जानकारी दिए । ‘विधान संशोधनको प्रस्तावमा छलफल गर्न १५-२० दिन पर्याप्त हुने भएकाले २५ वा २६ गते महासमिति बोलाउने तयारी भएको बताइएको छ । यो विषयमा तिहार अगाडि बस्ने केन्द्रीय समितिको बैठकमा छलफल हुने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।