१२ बैशाख २०८१, बुधबार
Follow Us

कांग्रेस नेता चन्द्र भण्डारी गरे विद्यावारिधी

नेपालब्रिटेन डट कम्
१७ कार्तिक २०७५, शनिबार १६:१७

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी विद्यावारिधी सकेका छन् । भण्डारीले नेपालको राष्ट्र, राज्य निर्माण प्रकृयामा विश्वव्यापिकरणको भुमिका विषयमा विद्यावारिधीको सोध गरेका हुन् । त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागमा भण्डारीले शनिवारनै आफ्नो सोधको ‘डिफेन्स’ गरेका थिए । ‘डिफेन्स’ सकेसँगै त्रिविका पदाधिकारी तथा विभागका प्रमुखले बधाइ दिएका थिए ।

राष्ट्र, राज्य निर्माण प्रकृयामा विश्वव्यापिकरणको भुमिका विषयमा भण्डारीको यो सोध सम्भवत विश्वविद्यालयकै पहिलो सोध हो । राष्ट्र, राज्य निर्माण प्रकृयामा विश्वव्यापिकरणको प्रभावको विषयमा विभिन्न ७ भागमा गरिएको सोधमा विभिन्न कालखण्डको अध्ययन गरिएको छ । २००७ सालको जनआन्दोलन त्यसपछिको कालखण्ड, ३० बर्षीय पञ्चायती कालखण्ड त्यसको अघि र पछिको अवस्था र २०४६ साल देखि २०६३ सालसम्मको अवस्थाको अध्यययन गरिएको छ ।