१४ बैशाख २०८१, शुक्रबार
Follow Us

चर्चित गायिका कला पंगेनी फेरी लण्डनमा

नेपालब्रिटेन डट कम्
१७ कार्तिक २०७५, शनिबार १७:१३

लण्डन । “पापी घरैमा र चिटिक्कै मलाइ सुहायो” बोलका लोकप्रिय तीज गीतहरुले चर्चित लोक तथा दोहोरी गायिका कला पंगेनी लन्डन आइपुगेकीछन् । गत महिना तीजको कोशेली लिएर वेलायत आएकी पंगेनी तिहार, क्रिस्मस र अग्रेजी नयाँ वर्ष मनाउन फेरी वेलायत आएकी हुन् ।

बेलायतवासी नेपाली दाजुभाई दिदिबहिनिहरुसंग तीजको रमाइलो गरेर नेपाल फर्किएकी पंगेनीका तीजका गीतमात्र नभएर लोक गीत, रोइला,पन्चे बाजा, रत्यौली लगायतका थुप्रै दोहोरी गीतहरु लोकप्रिय रहेका छन् ।

स्टेज कार्यक्रमकी सुन्दरी गायिकाको नामले परिचित कला नेपालमा हुने प्रायस् सबैजसो मेला महोत्सवमा व्यस्त रहँदै आएकीछन् ।

लन्डनवासी मीडियाकर्मी नरेन्द्र बस्नेतको लय शब्दमा रहेका दुई तीज गीतहरु पापी घरैमा बोलको तीज गीत गायक खुमन अधिकारीसंग र गायक बद्रि पंगेनीको साथमा चिटिक्कै मलाई सुहायो बोलको गीत गाएकी छन् ।

जापान, कतार लगायतका मुलुकहरुका भ्रमण गरिसकेकी गायिका कला पंगेनीको वेलायत भने दोस्रो भ्रमण हो ।