जीवा लामिछाने । यता विदेशमा हुने कार्यक्रममा खादा र आसन ग्रहणको कर्मकाण्डबाट हामीले मुक्ति पाउन सकेका छैनौं । राजधानीमा हुने कार्यक्रममा भने अहिले यो अलि कम हुँदै गए झैं लाग्यो । जिल्लातिर भने यसले अझै महामारीको रुप लिंदै जान थालेको हो कि भन्ने भान भयो । दशैँको बेला गैरआवासीय नेपाली साथीहरुको आर्थिक सहयोगमा निर्माण गरिएका केहि परोपकारी योजनाहरुमा सरिक हुने कार्यक्रम तय भएकोले यसपटक म फूलपाती कै दिन चितवन पुगें । एक परोपकारी योजनाको उद्घाटन बिहान ११ बजे सुरु भएर १ घण्टामा समापन हुने पत्र पाएकोले चाड-वाडको बेला त्यस दिन अरु भेटघाट गर्ने योजना बनाएको थिएँ मैले ।

निर्धारित समयमै कार्यक्रम स्थल पुग्दा त्यहाँ हामी चारजना मात्रै उपस्थित थियौं । ४५ मिनेट ढिलो गरेर कार्यक्रम सुरु भयो । त्यस पछी सुरु भयो आसन ग्रहणको फेहरिस्ता। झन्डै १५ मिनेट जति लगाएर उपस्थित मध्ये अधिकांशलाई उद्घोषकले आसन ग्रहण गराए ।

मंच र यथास्थान गरी आसन ग्रहण गराउनमा कोहि छुटे झैँ लागेन । बोल्न पनि प्राय सबैलाई दिनै पर्ने रहेछ । परोपकारी कामको उद्घाटन भए पनि धेरै वक्ताहरुले विषयान्तर भएर बोलेको देखियो । सबैले आ-आफ्नै गन्थन सुनाएका छन् । कुराहरु पनि छोटकरीमा नराखेर अनेकथरी लम्बेतान भाषण सुनियो।

केहि बिसिस्ट व्यक्तिहरु दिउसो दुइ बजे सम्म पनि आउंदै थिए । दिउसो ३ बजे तिर कार्यक्रम सकिए पछी आयोजकलाई मैले आसन ग्रहण र भाषणको यो लामो प्रक्रियालाई छोट्याएर चुस्त कार्यक्रम गर्ने परम्परा बसाउनु पर्यो भन्दा उनले विनम्रतापुर्वक भने- ‘के गर्ने हजुर हामीलाई यहि समाजमा बस्नु छ, कार्यक्रममा संघसंस्था र पार्टी पदाधिकारीको नाम लिन छुटाइयो भने भोली यहाँ बसी खानु हुँदैन ।’

(लामिछानेको फेसबुकबाट साभार )