८ बैशाख २०८१, शनिबार
Follow Us

तिहारपछि नागरिकको हातमा राष्ट्रिय परिचयपत्र

नेपालब्रिटेन संवाददाता
१८ कार्तिक २०७५, आईतवार ०४:०७

काठमाडौं । सरकारले तिहार पछि नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ । तयारी थालेको आठ वर्षपछि सरकारले राष्ट्रय परिचयपत्र वितरण गर्न लागेको हो ।

तिहारलगत्तै पाँचथरका नागरिक र सिंहदरबारमा कार्यरत उच्च पदस्थ कर्मचारीलाई बायोमेट्रिक विवरणसहितको चिप प्रविधियुक्त परिचयपत्र वितरण गर्न लागेको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक दिपक काफ्लेले जानकारी दिनु भयो ।

गएको विहिबारदेखि परिचयपत्र छाप्न सुरु भएको छ । उनका अनुसार पाँचथरबाट परिचयपत्र वितरण सुरु हुनेछ ।
परिचयपत्रमा दश औँलाको औँठाछाप हुने र कार्ड मेसिन रिडएबल प्रविधिको हुने काफ्लेले बताउनु भयो । कार्डमा स्थायी ठेगाना, जन्ममिति, आमाबाबु, हजुरबुबा, श्रीमान्, श्रीमतीको नामसहित व्यक्तिगत सबै विवरण हुनेछ । यस्तै, परिचयपत्रमा आमाको नाम नरहेको भन्ने हल्ला झुठो रहेको निर्देशक काफ्लेको भनाई छ ।

यसैबीच, राष्ट्रिय परिचयपत्र वितरण भइसकेपछि अपराध नियन्त्रणमा समेत सहयोग पुग्ने बताइएको छ । उच्च प्रहरी अधिकारीहरुका अनुसार अहिले कतिपयले पहिचान ढाँट्ने र फर्जि कागजात बनाएर नागरिता लगायत प्रमाणपत्र बनाउने गरेका छन् । राष्ट्रिय परिचयपत्रले त्यो प्रवृत्ति रोकिनेछ । साथै फिंगर प्रिन्टको विवरण सरकारसँग हुने भएका कारढा अपराधमा संलग्न व्यक्तिको फिंगर प्रिन्टमार्फत अपराध पत्ता लगाउन सहज हुने प्रहरी अधिकारीहरुको भनाई छ ।