१४ बैशाख २०८१, शुक्रबार
Follow Us

निर्मलाका हत्यारालाई गृहमन्त्रीको संरक्षण : सभापति देउवा

नेपालब्रिटेन संवाददाता
१८ कार्तिक २०७५, आईतवार ०४:१०

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्मला पन्तको हत्यारालाई गृहमन्त्रीले संरक्षण दिएको आरोप लगाएका छन् । हिजो शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवाले सरकारले नै अपराधीको संरक्षण गरेको आरोप लगाएका हुन् । बर्तमान सरकार हिंसा, हत्या, बलात्कार लगायतका घटनालाई रोक्न पूर्ण असफल भएको सभापति देउवाको भनाइ छ ।

उनले राष्ट्रवादको नारा लगाउने सरकारले विदेशी मुलुकसँग भने घुडा टेकेको टिप्पणी समेत गरे । कांग्रेसलाई पहिलो पार्टी बनाएर मात्र आफुले बिश्राम लिने सभापति देउवाको भनाइ थियो ।

कांग्रेस महामन्त्री सशांक कोइरालाले पार्टीलाई पहिलो बनाउन आन्तरिक एकताको आवश्यकता ओंल्याए । कार्यक्रममा सहभागी अन्य कांग्रेस नेताहरुले पार्टी नेतृत्वले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको गुनासो गरे ।